२०८१ मंसिर २१ शुक्रबार

काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि देशभर लागू गरिएको निषेधाज्ञाको अवधिमा पनि वाणिज्य बैंकहरूको कर्जा प्रवाह उल्लेख रूपमा बढेको छ । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरूको कर्जा लगानी वैशाख महिनामा औसत ३७.०२ प्रतिशतले वृद्धि भएको छ ।संघका अनुसार वाणिज्य बैंकहरूको कर्जा प्रवाह पछिल्लो एक महिनामा समग्रमा ३७ अर्ब २ करोड थपिएको छ । यससँगै चालू आर्थिक वर्षको १० महिनामा बैंकहरूको कुल कर्जा प्रवाह ३६ खर्ब १० अर्ब रुपैयाँ पुगेको छ । चैतको तुलनामा वैशाख महिनामा सबै वाणिज्य बैंकहरूको कर्जा प्रवाह भने बढेको छैन । नबिल, नेपाल क्रेडिट एण्ड कमर्श, बैंक अफ काठमाडौं, नेपाल एसबिआई र मेगा बैंकको कर्जा प्रवाह अघिल्लो महिनाको ऋणात्मक भएको छ । बाँकी २२ बैंकले चैतको तुलनामा वैशाखमा कर्जा प्रवाह बढाएका छन् । वैशाख महिनामा चारवटा बैंकको कर्जा चैतको तुलनामा २ अर्बभन्दा बढीले प्रवाह भएको छ । सो अवधिमा एनआईसि एशिया बैंकको कर्जा प्रवाह सबैभन्दा बढी ६ अर्ब ९२ करोडले बढेको छ । यस्तै सानिमा बैंकले ४ अर्ब १ करोड र ग्लोबल आईएमई बैंकको कर्जा प्रवाह ३ अर्ब ८१ करोडले कर्जा प्रवाह बढ्दा कुमारी बैंक समेत २ अर्ब ४८ करोड रुपैयाँले कर्जा लगानी बढाउन सफल भएको छ । २ अर्बभन्दा कम नाफा हुने बैंकहरूमध्ये भने माछापुच्छ«े बैंक अगाडि देखिएको छ । वैशाख महिनामा कम्पनीले १ अर्ब ९८ करोड कर्जा विस्तार गर्न सकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय