
काठमाडौं । नेपाल सरकारले संविधान दिवसको अवसरमा विभिन्न उद्योगी व्यवसायी तथा बैंकरलाई विभिन्न पदकबाट सम्मान गरेको छ । सरकारले नेपालको उद्योग व्यवसायमा योगदान दिएका उद्योगी व्यवसायी तथा बैंकरहरुलाई विभिन्न पदकबाट विभूषित गरेको हो । सरकारले स्वर्गीय उद्योगी/व्यवसायी प्रभाकर शमशेर जबरालाई प्रसिद्ध प्रबल जनसेनानीबाट विभूषित गरेको छ ।
यस्तै, व्यवसायी चन्द्र ढकाल र उद्योगी पशुपति मुरारकालाई सुर्कीर्तिमय राष्ट्रदीप पदकबाट विभूषित गरेको छ । व्यवसायीहरू कुशकुमार जोशी, कुशुम लामा, शशिधर शर्मा, अरुणकुमार केसी, जगदीशप्रसाद अग्रवाल र राजेशकुमार अग्रवाल सुप्रबल जनसेवाश्री पदबाट विभूषित भएका छन् ।
यस्तै, पर्यटन व्यवसायीहरू राम थापा र रामबहादुर कोइरी, खुमबहादुुर सुवेदी पदकबाट विभूषित भएका छन् । मुरलीधर रंगटा, श्रेणिगोपाल मुन्दडा, मेरियादेल पिलार, जोसे म्यानुयल भिलानोभा र होटल व्यवसायी सृजना राणा समेत यही पदकबाट विभूषित बनेका छन् ।
नबिल बैंकका सीइओ ज्ञानेन्द्र प्रसाद ढुंगाना र एनएमबि बैंकका सीइओ सुनिल केसी सुप्रवल जनसेवाश्री पदकबाट विभुषित हुने भएका हुन् ।
प्रबल जनसेवाश्री पदकमार्फत विभूषित हुनेमा उद्योगी बालकृष्ण भुसाल, प्रताप जङ्ग पाण्डे वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष एवम् उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डा. सुबोध कुमार गुप्ता, सुरकृष्ण वैद्य पनि प्रबल जनसेवाश्री पदकमार्फत विभूषित हुने भएका छन् ।
कीर्तिमय राष्ट्रदीपबाट गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष जीवा लामिछाने पनि सम्मानित भएका छन् । यस्तै, प्रवल जनसेवाश्रीबाट व्यवसायी सुशील कुमार गोयन्का, भरतप्रसाद पराजुली, महेन्द्रकुमार श्रेष्ठ, सुनिलकुमार बंशल, खेमबहादुर केसी, यादव कुँवर, विनोद थकाली, ओमकार गौचन, गोविन्दप्रसाद थपलिया, बटु लामिछाने, दीपेन्द्रकुमार कलवार सम्मानित हुने भएका छन् ।