
काठमाडौँ । गत फागुन अन्तिम साताबाट सुनको मूल्य क्रमिकरुपमा ओरालो लागेको छ । गत शुक्रबार सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम भयो । यो मूल्य अघिल्लो दिनको तुलनामा १ हजार कम हो । फागुन २५ गतेयता ६ महिनामै सुनको भाउ प्रतितोला १४ हजार रुपैयाँले घटेको छ ।
फागुन २५ गते सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ पुगेको थियो । जुन मूल्य हालसम्मकै उच्च हो । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा शुक्रबार प्रतितोला १० रुपैयाँले घटेर ११७० रुपैयाँमा कायम भएको छ ।
चाँदीको मूल्य पनि गत फागुन २५ गते प्रतितोला १४५० रुपैयाँसम्म पुगेको थियो । अन्तर्राष्ट्रिय बजारमा ६ महिनाअघि प्रतिऔंस २०७० अमेरिकी डलरसम्म पुगेको सुन शुक्रबार १६६१ आसपास झर्यो ।