
मुक्तिनाथ विकास बैंकले ग्राहकहरुको सुविधाको लागि मिस्ड कल बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । ग्राहकहरुले यस मिस्ड कल बैंकिङ्ग सेवाबाट बैंकको निक्षेप तथा कर्जा सम्बन्धी सेवाहरुको बारे सजिलै जानकारी लिन सक्नेछन् । यो सुविधा लिन ग्राहकहरुले निम्न मोबाइल नम्बरहरुमा बैंकको कार्यालय समयभित्र मिस्डकल गर्नुपर्ने छ र केहि समयमै बैंकबाट ग्राहकहरुको जिज्ञासाको लागि सोही नम्बरमा सम्पर्क गरिनेछ ः निक्षेपसँग सम्बन्धित सेवाको जानकारीका लागि ९८०१११००२२, कर्जासंग सम्बन्धित सेवाको जानकारीका लागि ९८०१११००२३ । यसैगरी डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिसा नेटवर्कअन्तर्गतको जुनसुकै बैंकको एटिएमबाट विनाकुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । त्यसैगरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खातामै रेमिट्यान्स जम्मा आदिजस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।