२०८२ असार ३० सोमबार

हिमालयन क्यापिटल लिमिटेडले नेपालमै पहिलो पटक आधुनिक कृषि उत्पादनलाई सहज र सुरक्षित तवरले दिर्घकालिन रुपमा भण्डारण सेवा प्रदान गर्ने, कृषिजन्य उत्पादनहरुको लिलाम बढाबढ तथा वेयरहाउस रिसिप्ट फाईनान्सीङ्गमा समन्वय गर्ने उद्देश्यले स्थापित नेपाल वेयरहाउजिङ्ग कम्पनीको साधारण शेयर निष्काशन हेतु बिक्रि प्रबन्धक सेवासम्बन्धी सम्झौता गरेको छ ।

धितोपत्र निष्कासन तथा बिक्रि प्रबन्धक संस्था हिमालयन क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्त र नेपाल वेयरहाउजिङ्ग कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत जय मुकुन्द खनालले सम्झौता पत्रमा हस्ताक्षर गर्नभएको छ ।

कृषि क्षेत्रको आधुनिकीकरणका निम्ति समयानुकुल कृषि उपज भण्डारण सेवा प्रदान गर्दै राष्ट्रको दिर्घकालिन खाद्य सुरक्षामा योगदान हेतु अग्रसर रहेको नेपाल वेयरहाउजिङ्ग कम्पनीमा नेपालको औद्योगिकीकरण र व्यापार प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याउँदै आईरहेका व्यवसायिक घरानाहरु र विभिन्न प्रतिष्ठित संगठित संस्थाहरुको लगानी रहेको छ ।

कम्पनीले प्रदेश नं १, मधेश प्रदेश र लुम्बिनी प्रदेशमा ५५,००० मेट्रिक टनका आधुनिक साइलोहरु मार्फत कृषकहरुलाई अन्न भण्डारणको सुबिधा प्रदान गर्नेछ ।

साथै कृषिजन्य उत्पादनहरुको लिलाम बढाबढ तथा वेयरहाउस रिसिप्ट फाईनान्सीङ्ग गर्न आवश्यक पूर्वाधार तयार गरी बैंक तथा वित्तीय संस्थाको समन्वयमा धितो बन्धक व्यवस्थापनको कार्य गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय