२०८१ मंसिर २३ आईतवार

काठमाडाैं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अशोक शेरचनले धाैलागिरी अस्पताललाई ५ थान सिलिण्डर सहित अक्सिजन ग्यास, १० थान पीपीई उपलब्ध गराएका छन् । काेभिड महामारीमा जुधिरहेकाे बेलामा अस्पतालका लागि यी सामग्रीहरु शेरचनले आफ्नो व्यक्तिगत तर्फबाट उपलब्ध गराएका हुन् । पछिल्लाे समयमा अक्सिजन र पीपीई उपलब्ध गराएका शेरचनले यसअघि जिल्ला खेलकुद विकास समिति बागलुङको पहलमा यही अस्पताललाई ५० थान ‘रेम्डेसिभिर’ इन्जेक्सन उपलब्ध गराएका थिए । पहिलो चरणको कोरोना संकटमा पनि धौलागिरी अस्पतालमा पीपीई लगायत पत्रकार, विपन्न नागरिक, सामाजिक संघ संस्थालाई स्वास्थ्य सुरक्षा सामग्री समेत शेरचनले उपलब्ध गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय