२०८२ श्रावण १ बिहीबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी सातादेखि नयाँ नोट वितरण गर्ने भएको छ । राष्ट्र बैंकले दशैं, तिहार लगायतका चाडपर्वलाई लक्षित गर्दै २६ भदौदेखि नयाँ नोट सटही सुविधा उपलब्ध गराउने तयारी बताएको हो । राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले आगामी सातादेखि नयाँ नोट सटही सुरु गर्ने बताए ।

उनले प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँको दरले नयाँ नोट सटही सुविधा उपलब्ध गराउने बताए । उनका अनुसार अहिले राष्ट्र बैंकसँग १० अर्बभन्दा बढी नयाँ नोट मौज्दात छ । राष्ट्र बैंकले गत वर्ष ८ अर्ब रुपैयाँ नयाँ नोट वितरण गरेको थियो ।

यो वर्ष १० अर्ब रुपैयाँ सटही हुन सक्ने राष्ट्र बैंकको अनुमान छ । बैंक तथा वित्तीय संस्था र नेपाल राष्ट्र बैंकमार्फत् नयाँ नोट साट्न सक्ने व्यवस्था गरिने उनले बताए । प्रतिव्यक्ति ५, १०, २०, ५० र १०० रुपैयाँदरका एक नयाँ नोट उपलब्ध गराउने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर