
काठमाडौं । गणपति वनस्पतिको उत्पादन रामदेव तेलले नजिकिँदै गरेको चाड तिजदेखि छठसम्मका लागि उपहार योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत फेसबुकमार्फत् हुने प्रतिस्पर्धामा जोसुकैले पनि भाग लिनसक्ने तथा हरेक हप्ता दुई विजेतालाई लक्की ड्रमार्फत् पुरस्कार वितरण गरिने कम्पनीले जनाएको छ ।
त्यस्तै प्रत्येक बिहीबार विजेताको घोषणा फेसबुकमार्फत् हुने र प्रत्येक शुक्रवार पुरस्कार वितरण गरिने बताइएको छ । विजेताले हरेक हप्ता आइरन र रामदेव सनफ्लावर तेल पुरस्कार पाउनेछन् ।
गणपति वनस्पतिका रामदेव तोरी तेल, सूर्यमुखी तेल र भटमास तेल काठमाडौँ र पोखरामा विभिन्न मार्ट तथा पसलबाट उपलब्ध हुने कम्पनीले जनाएको छ ।