२०८२ असार ३० सोमबार

काठमाडाैं । चालु आर्थिक वर्ष २०७९/८० को साउन महिनामा वैदेशिक रोजगारीमा जानको लागि श्रम स्वीकृति लिने नेपालीको संख्या ६३ हजार ४२ पुगेको छ। श्रम स्वीकृति लिने मध्ये ६ हजार २४१ महिला रहेको वैदेशिक रोजगार कार्यालयका सहसचिव रमेश अर्यालले जानकारी दिए । उनका अनुसार विभिन्न ८७ देशमा रोजगारीका लागि जान नेपाली नागरिकले श्रम स्वीकृति लिएका हुन् ।

गत आर्थिक वर्षको साउन महिनामा २५ हजार ४२८ नेपालीले श्रम स्वीकृति लिएका थिए । साउन महिनामा सबैभन्दा बढी मलेसियाको लागि २४ हजार ४८४ श्रम स्वीकृति जारी भएको छ।

कतारमा १२ हजार ५७०, संयुक्त अरब इमिरेट्समा ८ हजार १४०, साउदी अरेबियामा ६ हजार ७०५ र कुवेतमा ४ हजार २८४ श्रम स्वीकृति जारी भएको छ। यी ५ देशले मात्रै कुल श्रम स्वीकृतिको ९० प्रतिशत हिस्सा ओगटेका छन् ।

कोभिडका कारण मलेसियाले विगतमा श्रमिक जान रोक लगाएकोमा २०७८ फागुनदेखि जान खुला गरेसँगै मलेसियामा जानेको संख्या बढ्दै गएको सहसचिव अर्यालले बताए । उनले समग्रमा विदेशिने नेपाली नागरिकको संख्या पनि बढेको जानकारी दिए ।

अर्यालका अनुसार कुल श्रम स्वीकृति लिने मध्ये पुन: श्रम स्वीकृति लिने ३२ प्रतिशत छन् भने पहिलोपटक जाने ६८ प्रतिशत छन् । गत आर्थिक वर्षमा पुन: श्रम स्वीकृति लिने ४५ प्रतिशत थिए । नेपाल राष्ट्र बैंक तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/७९ मा १० खर्ब ७ अर्ब भित्रिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय