२०८२ श्रावण २ शुक्रबार

काठमाडौं । डिजी पे प्रालि र स्टार हस्पिटल बीच नौलो र बिशेष सहकार्य गर्ने सम्झौता भएको छ । डिजी पे प्रालिले आफ्नो बजार र सेवा विस्तार गर्ने योजना अन्तर्गत ललितपुर स्थित नेपालकै एक उत्कृष्ट स्वास्थ्य संस्था स्टार हस्पिटलसँग सहकार्य गर्ने सम्झौता गरेको हो ।

यस सहकार्य अन्तर्गत डिजी पे ले ल्याएको व्यावसायिक तथा घर दैलो योजना अन्तर्गत डिजी पे मा आबद्द हुने सम्पूर्ण व्यवसायी तथा घरदैलोका ग्राहकहरुले स्टार हस्पिटलको सौजन्य ८२५ रुपैयाँको दुईवटा १ हजार ६५० रुपैयाँ बराबर ओपीडी टिकट निशुल्क पाउने छन् र साथै बेड तथा स्वास्थ्य परीक्षणमा १० प्रतिशत र औषधि खरिदमा ५ प्रतिशत सम्मको छुट पाउनेछन् ।

स्टार हस्पिटलका अध्यक्ष किशोर महर्जनका अनुसार यस सहकार्यले सम्बन्धित सबैलाई व्यावसायिक, सामाजिक तथा स्वास्थ्य लाभ हुने र यस्तो नौलो र बिसेष सहकार्यमा आबद्द हुन पाएकोमा खुशी व्यक्त गरेका छन् । उनका अनुसार यस सहकार्यले स्थानीय स्तरमा प्रत्यक्ष बजार बिस्तार तथा व्यावसायिक उपलब्धि हुनसक्नेछन् ।

त्यस्तै डिजी पे का अध्यक्ष दिवाकर बहादुर पाण्डेले स्टार हस्पिटल जस्तो एक प्रतिष्ठित स्वास्थ्य संस्थासँग सहकार्य गरि आफ्ना व्यवसायी र ग्राहकलाई यस्तो विशेष अफर दिन पाउनु निकै महत्वपूर्ण विषय भएको बताए ।

उनका अनुसार डिजी पे अहिले आफ्नै इकोसिस्टम बनाउने योजनामा छ र त्यस अन्तर्गत स्वाथ्य क्षेत्रलाई आबद्ध गर्ने पहिलो खुड्किलो र उपलब्धि हो । यसै गरि अरु पनि विभिन्न संस्थाहरुसंग पनि सहकार्य गरि आफुसंग सम्बन्धित व्यवसायी तथा ग्राहकलाइ थप अफर तथा सुविधा दिने योजना रहेको बताए ।

सम्झौतापत्रमा स्टार हस्पिटलका अध्यक्ष किशोर महर्जन र डिजी पे का अध्यक्ष दिवाकर बहादुर पाण्डेले हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा स्टार हस्पिटल र डिजी पे का विभिन्न व्यक्तित्वहरुको पनि उपस्थित थिए रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर