
काठमाडौं । सानिमा बैंकले हरितालिका तीजको अवसरमा नारीहरुका लागि तीजको कोसेली योजना सार्वजनिक गरेको छ ।
उक्त योजना अन्तर्गत सानिमा नारी बचत खाता खोल्ने ग्राहकहरुलाई डेविट/क्रेडिट कार्ड, डिम्याट खाता, मेरो शेयर, मोबाइल बैंकिङ्ग, एनसेल सिम कार्ड, डलर–कार्ड (पहिलो टपअप) निःशुल्क जारी गरिने बैंकले जनाएको छ ।
लकर शुल्कमा ७५ प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । बैंकका अनुसार यस बाहेक पहिलो पीओएस कारोबारमा १० प्रतिशत वा अधिकतम ५०० सम्मको क्यास ब्याक प्राप्त गर्न सकिने छ ।
यस योजना २०७९ भाद्र १ देखि भाद्र १५ गतेसम्म लागू हुने र क्यास ब्याक योजना २०७९ भाद्र मसान्तसम्म लागू हुने बैंकले जनाएको छ । बैंकले सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा एटिएम मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।