२०८२ श्रावण २ शुक्रबार

काठमाडौं । एभरेष्ट बैंकले ललितपुरको टौखेलमा आफ्नो नयाँ शाखाको उद्घाटन गरेको छ । बैंकले शनिबार उक्त स्थानमा आफ्नो ११८ औं शाखाको उद्घाटन गरेको हो । सो कार्यक्रममा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले टौखेल शाखाको संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

उद्घाटन समारोहमा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष पुष्प रत्न शाक्य, गोदावरी नगरपालिका वडा नं. ३ का अध्यक्ष सानुराजा घिमिरे, गोदावरी उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा अरनिको समाजका कार्यकारी सदस्य राजन महर्जन, एभरेष्ट बैंकका नायब महाप्रबन्धकद्घय केशव राज पौडेल तथा आषुतोश शर्मा, बैंकका बाग्मती प्रदेशका प्रादेशिक–प्रबन्धक सन्तोष कुमार भट्टराई तथा बजार विभाग प्रमुख पुष्पराज उप्रेती, लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

यसै उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले टौखेलका बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने बताएका छन् ।

बैंकले आफ्नो ११८ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, प्रादेशिक कार्यालयहरु, १५२ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिंङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ ।

बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर