
प्रभु बैंक लिमिटेड र लोकहित डेन्टल हस्पिटल प्रा.लि बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट डिजिटल सेल्स् विभागका प्रमुख भेषराज धमला र त्रिशुली लोकहित डेन्टल हस्पिटल प्रालिका तर्फबाट अध्यक्ष डा. गणेश साहले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।
सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनुभएका सम्पूर्ण ग्राहकलाई लोकहित डेन्टल हस्पिटल प्रालिद्धारा सञ्चालित सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ । यद्यपि बिल रकम रु ५०० भन्दा कम भएमा छुट प्रदान नहुने जनाइएको छ ।
सम्झौता अन्तर्गत लोकहित डेन्टल हस्पिटल प्रालिमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, लोकहित डेन्टल हस्पिटल प्रालिका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुुने बैंकले विश्वास लिएको छ ।