
प्रभु लाईफ इन्स्योरेन्स लिमिटेडले पोखरामा ‘बिजनेस कन्फरेन्स तथा क्लब्स इभेन्ट सेलिब्रेसन’ सम्पन्न भएको छ । कम्पनीले साउन १९ देखि २३ गतेसम्म सञ्चालन गरेको उक्त कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरु एवं शाखा उपशाखा कार्यालयका कर्मचारीहरुलाई सम्मानित गरेको हो ।
बिजनेस कन्फरेन्सको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले गरेका थिए भने क्लब्स इभेन्ट सेलिब्रेसनको उद्घाटन कम्पनीका संचालक समिति अध्यक्ष सुभाष अमात्यले गरेका थिए ।
कार्यक्रममा आगामी दिनका लागि कम्पनीको व्यवसायिक रणनीति तथा अवलम्वन गरिने मार्गदर्शन निर्माण गरिनुका साथै विभिन्न मोटिभेशन र मनोरन्जनात्मक कार्यक्रम गरेका थिए ।
विजनेस कन्फरेन्स कार्यक्रममा उत्कृष्ठ कार्यसम्पदान गर्ने कर्मचारीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो भने क्लब्स इभेन्ट सेलिब्रेसन कार्यक्रममा कम्पनीका संचालक समिति अमात्य र प्रमुख कार्यकारी अधिकृत प्रसाईंले उत्कृष्ट व्यवसाय गर्ने सिईओ क्लब तथा चेयरम्यान क्लब दर्जाका अभिकर्ताहरुलाई सम्मान सम्मान तथा विभिन्न पुरस्कारहरु प्रदान गरिएको थियो ।