काठमाडौं । गरिमा विकास बैंकले पर्यटकिय जिल्ला चितवनको भरतपुरमा अवस्थित ‘सिराई होटल’ र ‘एनपिआई नारायणी सामुदायिक अस्पताल’सँग उनीहरुले प्रदान गर्ने विभिन्न सेवा सुविधाहरुमा आर्कषक छुट सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेको छ ।
सम्झौता अनुसार यस विकास बैंकको डेविट कार्ड र गरिमा डिजि बटुवा प्रयोग गरि बिल भुक्तानी गर्ने ग्राहकहरुले ‘सिराई होटल’बाट रुम तथा ब्रेकफास्टमा २५% सम्म र फुड एण्ड वेभरेजमा १०% छुट पाउनेछन् । साथै, ‘एनपिआई नारायणी सामुदायिक अस्पताल’को विभिन्न सेवामा आर्कषक १०% छुट प्राप्त गर्न सक्नेछन् ।
यस विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५१ एटिएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ