काठमाडौं । एफवान सफ्ट ग्रुपको प्रमुख सञ्चालन अधिकृत (सीओओ) मा सोहम ढकाल नियुक्त भएका छन् । २४ वर्षभन्दा बढी समय सूचना प्रविधि उद्यमशीलता बिताएका ढकाललाई हालै एफवान सफ्ट सञ्चालक समितिले सो पदमा नियुक्त गरेको हो ।
ढकालले अमेरिकाको ओराकल सर्नर कर्पोरेशनबाट आफ्नो करियर सुरु गरेका थिए । नेपालमा लामाे समयसम्म सफ्टवेयर निर्माणमा क्रियाशील उनी यसअघि इन्टरनेट सेवाप्रदायक भायनेटको प्रमुख सञ्चालन अधिकृतका रुपमा कार्यरत थिए ।
एफवान सफ्टमा ढकाल आबद्ध भएसँगै कम्पनीले थप उचाइ प्राप्त हुने अपेक्षा राखेको छ ।
सन् २००४ देखि सञ्चालनमा आएको एफवान सफ्टले वित्तीय क्षेत्रका सफट्वेयर निर्माण तथा विभिन्न उत्पादन तथा सेवा ल्याएको छ । यसअन्तर्गत एफवान सफ्ट ग्रुपको भगिनी संस्था ईसेवा नेपालको पहिलो र बजार हिस्सामा पनि नम्बर वान पेमेन्ट गेटवे कम्पनी हो ।