
काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ, नेपाल बीमक समिति नेपाल लाइफको बैठक काठमाडौमा सम्पन्न भएको छ । संघको बैठकले बीमित र अभिकर्ताको हकहितका लागि ११ बुँदे मागपत्र तयार गरि कम्पनीलाई पेस गरेको छ ।
नवनियुक्त प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीलाई संघका केन्द्रिय कार्यसमितिका पदाधिकारी, सदस्यहरू एवम शुभचिन्तकहरुले उक् ११ बुँदे ध्यानाकर्षणपत्र हस्तारण गरेका छन् । समितिका अध्यक्ष गणेश अधिकारीको अध्यक्षतामा बसेको बैठकले आम बीमित र अभिकर्ताको मागहरुका बारेमा कम्पनी ब्यबस्थापनलाई ध्यानाकर्षण गराएको हो ।
बीमितले पाउने बोनस छिटोभन्दा छिटो न्युनतम ६५ या सो भन्दा बढी कायम गरिनुपर्ने समेत समितिले कम्पनीसमक्ष माग गरेको छ । नयाँ, बजार सुहाउँदो बीमा योजना ल्याउन, बैंकाइन्स्योरेन्स लाई कुनै पनि हालतमा लागु नगर्न, जिरो कोडको सिस्टम तुरुन्तै अन्त्य गर्न, अभिकर्ताको कर्जा तथा सवारी कर्जा अभिकर्तालाई सरल र सहज हुने तरिकाले यथाशीघ्र लागू गर्न, सबै शाखा तथा उपशाखाहरुमा कम्तिमा महिनाको एकपटक रिफ्रेसमेन्ट कार्यक्रम संचालन गर्न, विगतमा एम,बिसी भैसकेका तर नवीकरण गर्न नसकेका सबै अभिकर्ताहरुको यो विषम आर्थिक परिस्थितिलाई मध्यनजर गर्दै स्व:त नवीकरण गरी कामगर्ने वातावरण सृजना गर्न, अभिकर्ता र बीमितको गुनासो सुन्ने ब्यवस्था मिलाउन लगायतका मागहरु कम्पनीका सिइओ पराजुलीलाई हस्तान्तरण गरिएको छ ।