२०८१ मंसिर २३ आईतवार

काठमाडौ । नेपालको अनलाइन बजार दराजले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)सँग दराजमा किनमेल गर्दा प्रि–पेमेन्ट प्रवर्द्धन गर्ने सम्झौता गरेको छ । आफ्नो अर्डरको लागि नगद अन डेलिभरीमार्फत भुक्तानी गर्न रुचाउने ग्राहकलाई प्रि–पेमेन्टमा रूपान्तरण गर्ने प्रयासमा दराज र नेप्सले अनलाइन सपिङ प्लेटफर्ममा डेबिट र क्रेडिट कार्डहरूको प्रयोगलाई प्रोत्साहन दिइरहेको बताएको हो ।

सम्झौता पत्रमा दराज नेपालका डिजिटल पेमेन्ट एण्ड पार्टनरसिप प्रमुख अरुण फुयाँल र नेप्सका सिबिओ पविन्द्र राजभण्डारीबीच हस्ताक्षर गरेका हुन । नेपाली ई–कमर्स इकोसिस्टमलाई नयाँ उचाइमा पुग्न मद्दत गर्न डिजिटल सपिङ प्लेटफर्म प्रयोग गर्दै ग्राहकलाई थप डिजिटल भुक्तानी विधिहरू छनौट गर्न प्रोत्साहित गर्न साझेदारीप्रति उत्साहित र आशावादी भएको दराज नेपालका डिजिटल पेमेन्ट एण्ड पार्टनरसिप प्रमुख अरुण फुयाँलले बताएको पनि विज्ञप्तिमा उल्लेख छ ।

ग्राहकलाई नगदबाट डिजिटल वित्तीय कारोबारमा स्वीच गर्न प्रोत्साहित गर्ने प्रयासमा दराजले विभिन्न बैंकहरू र डिजिटल वालेटहरूसँग सम्बन्ध र भुक्तानी साझेदारी बढाउँदै आएको बताइएको छ । दराजले थुप्रै बैंकसँग साझेदारी गरेको छ । जसले ग्राहकलाई तोकिएको बैंकमा भुक्तानी गर्दा विशेष छुटहरू प्राप्त गर्न अनुमति दिनेछ ।

ग्राहकले दराज एपमा आफ्नो अर्डर चेक आउट गर्दा र बैंक अफ द डेज डेबिट वा क्रेडिट कार्डमार्फत भुक्तानी गर्ने विकल्प चयन गर्दा दैनिक बैंक छुट भौचरहरू प्रयोग गर्न सक्ने पनि उल्लेख छ । संकलित भउचर चेकआउटको समयमा स्वचालित रूपमा लागु हुने कम्पनीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय