प्रभु बैंक र हेफर इन्टरनेशनल नेपालबीच युवा तथा महिला उद्यमीलाई वित्तीय कर्जा दिने सम्झौता भएको छ।
सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र हेफर नेपालका राष्ट्रिय निर्देशक डा. शुभनारायण महतोले हस्ताक्षर गरे।
सम्झौता अनुसार कृषि तथा पशुपालन सम्बन्धि क्षेत्रमा साना किसानलाई सहज ढंगबाट वित्तीय कर्जा दिइनेछ। यो साझेदारीबाट युवा, महिला उद्यमी र साना किसानहरुको व्यवसाय विस्तार गर्ने उद्देश्य लिइएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। हेफरले उन्नत नश्लका पशुपालनमा किसानलाई सघाउँदै आएको छ।