काठमाडौं । अन्नपूर्ण केबलकारले आफ्ना ग्राहकलाई साउन ६ गते देखि भदौ ३१ गतेसम्म २० प्रतिशत छुट दिने भएको छ ।
पोखरा उपत्यकाको पश्चिम उत्तरी भागको लेकसाइड, सेतीबगरबाट अन्नपूर्ण केबलकार चढी सराङकोटमा श्रावण महिनामा कैलाशेश्वर महादेवको दर्शन गर्नुका साथै कास्कीकोट दरबारसम्मको पैदल यात्रा गर्न सकिनेछ ।
साथै अन्नपूर्ण हिमाल, माछापुच्छ्रे हिमाल, धवलागिरी हिमशृंखलासँगै सूर्योदयको अवलोकन गर्न सकिन्छ ।
साथै केबलकारबाट पोखरा सहर, फेवाताल, शिव प्रतिमा, विश्वशान्ति प्यागोडालगायतका दृश्यहरु पनि हेर्न सकिनेछ ।
पोखरामा नयाँ अनुभवका लागि अन्नपूर्ण केबलकार थप एक दिनको गन्तव्य बनेको छ । यात्रुहरुको सुविधाको लागि लेकसाईड देखि केवलकारको तल्लो स्टेसनमा सटल बसको व्यवस्था गरेको छ ।
केबलकार बिहान ९ः०० बजे देखि साँझ ६ः०० बजेसम्म नियमित रुपमा सञ्चालन हुनेछ ।