२०८१ मंसिर २३ आईतवार

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो मल्टीब्राण्ड सपिङ्ग स्टोर बिग डिजिटलको बुधबारदेखि शुभारम्भ भएको छ । नायिका तथा यस स्टोरकी ब्राण्ड दूत स्वस्तिमा खड्काले ललितपुरको ग्वार्कोमा अवस्थित ग्वार्को कम्प्लेक्समा अवस्थित यस स्टोरको एक समारोह बीच उद्घाटन गरेकी हुन ।

समारोहमा बोल्दै खड्काले बिग डिजिटलले उच्चकोटीको उत्पादनहरु ग्राहकलाई पस्कदै निरन्तर प्रगतिको शिखरहरु आरोहण गदै जाओस् भन्ने शुभकामना व्यक्त गरेकी थिइन ।

त्यसैगरी बिग डिजिटलका कार्यकारी प्रमुख अधिकृत विक्रमेश ओझाले अन्तर्राष्ट्रियस्तरका विविध ब्राण्डहरु सहज र सरल ढंगले नेपाली ग्राहकहरुलाई उपलब्ध गराउने ध्येयले यस स्टोरको स्थापना गरिएको बताएका थिए ।

नेपाली ग्राहकहरुको बदलिदो इच्छा एवं आकांक्षालाई परिपूर्ति गर्दै बिग डिजिटलले नेपालको सपिङ्ग क्षेत्रमा नै नँया मापदण्ड सिर्जना गर्नेमा विश्वस्त रहेको उनले बताएका छन् ।

यस सपिङ्ग स्टोरमा ९० भन्दा बढी अन्तर्राष्ट्रिय ब्राण्डका घरायसी सामग्री, मोबाइल फोन, ल्यापटप, टिभी र वाद्ध्यवादन लगायतका उत्पादनहरु उपलब्ध छन् ।

ग्राहकहरुले खरिद गर्दा लक्की ड्र मार्फत विभिन्न आकर्षक उपहारहरुको अलावा १०० प्रतिशत नगद फिर्ता पनि प्राप्त गर्न सक्नेछन । त्यसैगरी उनीहरुले खरिद गरेको समानको घरमा नि स् शुल्क डेलिभरी र जडानको सुविधा पनि पाउनेछन्।

बिग डिजिटलको काठमाडौँ उपत्यकामा ४ वटा नँया ठाउँहरुमा आफ्नो स्टोरहरु विस्तार गर्ने अल्पकालिन योजना छ। यस्तै यसको दिर्घकालिन योजना भनेको देशका सबै सातवटा प्रदेशहरुमा नँया स्टोरहरुको स्थापना गर्नु हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय