२०८२ श्रावण २ शुक्रबार

काठमाडौं । प्रोग्रेसिभ फाइनान्सले सिडिएस एन्ड क्लियरिङ (सिडिएससी) सँग निक्षेप सदस्यतासम्बन्धी सम्झौता गरेको छ । सम्झौतासँगै प्रोग्रेसिभ फाइनान्सका ग्राहकलाई डिम्याट खाता खोल्ने सुविधा उपलब्ध हुनेछ ।

मंगलबार भएको सम्झौतामा प्रोग्रेसिभ फाइनान्सका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागार्इं तथा सिडिएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले हस्ताक्षर गर्नुभएको छ । सो अवसरमा प्रोग्रेसिभ फाइनान्सका प्रमुख सञ्चालन अधिकृत प्रमोद भट्टराई तथा सिडिएससीका सञ्चालन विभाग प्रमुख कन्चन सापकोटाको पनि उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर