२०८१ मंसिर २३ आईतवार

नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडले नेपाली सेनाको सैनिक कल्याणकारी महानिर्देशनालय जङ्गी अड्डा भद्रकाली, काठमाडौंमा आफ्नो नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।

नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र नेपाली सेनाका विग्रेडियर जनरल विजय थापाले संयुक्त रुपमा उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन गर्नुभएको होे ।

उक्त अवसरमा नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विश्वराज बराल, बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुन बहादुर कट्टेल, सैनिक शाखाका शाखा प्रबन्धक कृष्णहरि गौतम एवम् नेपाली सेनाका उच्च अधिकृतहरुको समेत सहभागिता रहेको थियो ।

नेपालभर २१९ शाखाहरु, १८२ ए.टी.एम. साथै ४७ वटा एक्सटेन्सन काउन्टर मार्फत करिब २१ लाख ग्राहकहरुलाई वित्तीय सेवा पु¥याउँदै आइरहेको नेपाल बैंक लिमिटेडले हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत बैंकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा जोड दिई युवा जनशक्ति मार्फत् नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ । त्यस्तै दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधिको समुचित प्रयोग भएसँगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैंकप्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय