२०८२ असार ३० सोमबार

काठमाडौं । सीजी नेटले ‘सुपर भ्यालु प्लान’ सार्वजनिक गरेको छ । तीन प्याकेजमा रहेको सुपर भ्यालु प्लानमा ३०० एमबीपीएसको रकस्टार प्याकेज, १५० एमबीपीएसको पपुलर प्याकेज र ७५ एमबीपीएसको स्प्रिन्टर प्याकेज छन् । जुन १ महिना, ३ महिना र एक वर्षमा उपलब्ध रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

साे कम्पनीका अनुसार ३०० एमबीपीएसको इन्टरनेट एक महिनाको लिँदा १ हजार ३ सय ९९, ३ महिनाको लिँदा ४ हजार ६२ तथा १२ महिनाको लिँदा १४ हजार ९ सय २८ रुपैयाँ पर्नेछन् ।

साथै, १५० एमबीपीएसको एक महिनाको सेवा लिँदा १०५०, ३ महिनाको ३ हजार ४५ तथा १२ महिनाको ११ हजार १०० रुपैयाँ पर्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै ७५ एमबीपीएसको सेवा लिँदा एक महिनाको ७३०, ३ महिनाको २१६० तथा १२ महिनाको ८ हजार १६० रुपैयाँ पर्ने छ । इन्टरनेट जडान गर्दा इस्टलेसन निःशुल्क हुने जनाइएको छ ।

साे कम्पनीका अनुसार ३०० एमबीपीसको एकैचोटी एक वर्षको प्याकेज लिँदा मासिक शुल्क औसतमा १ हजार २ सय ४४ रुपैयाँ पर्नेछ भने १५० एमबीपीएसको ९ सय २५ र ७५ एमबीपीएसको ६ सय ८० रूपैयाँ पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय