२०८१ मंसिर २३ आईतवार

सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सबीच एक आपसमा मर्ज हुने सम्झौता भएको छ । सम्झौतापत्रमा सगरमाथा इन्स्योरेन्सका तर्फबाट सञ्चालक लोकमान्य गोल्छा र लुम्बिनी जनरलका तर्फबाट सञ्चालक अरुणराज श्रेष्ठले बिहिबार हस्ताक्षर गरेका छन्।

अब दुबै कम्पनीको सम्पत्ति तथा दायित्व मूल्याँकन सकिएपछि सेयर स्वाप रेसियो तय हुनेछ । हाल सगरमाथा इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ३३ करोड रुपैयाँ र लुम्बिनी जनरलको चुक्ता पुँजी १ अर्ब ३१ करोड रुपैयाँ छ ।

बिमा समितिको निर्देशनपछि अहिले बिमा कम्पनीहरु पुँजी वृद्धिको दबाबमा छन् । बिमा समितिको गत चैत १० गतेको निर्देशन अनुसार एक वर्षभित्रै निर्जीवन बिमा कम्पनीले २ अर्ब ५० करोड रुपैयाँ र जीवन बिमा कम्पनीहरुले ५ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याउनुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय