२०८२ श्रावण १ बिहीबार

काठमाडौं । कमलपोखरीस्थित इस्लिङटन कलेजको सन् २०२० र २०२१ मा पास भएका विद्यार्थीको दिक्षान्त समारोह सम्पन्न भएको छ । समारोहमा सन् २०२० मा स्नातक तह अन्तर्गत specialisations BSc (Hons) Computing, BSc (Hons) Computer Networking and IT Security, and BSc (Hons) Multimedia Technologies का ५ सय २ जना विद्यार्थी सहभागि भएका छन् ।

दिक्षान्त समारोहमा सन् २०२० मा स्नातकोत्तर तह अन्तर्गत MSc Information Technology विषयका १९ जना विद्यार्थी दिक्षीत भएका छन् । त्यसैगरी सन् २०२१ मा स्नातक तह अन्तर्गतBSc (Hons) Computing, BSc (Hons) Computer Networking and IT Security, and BSc (Hons) Multimedia Technologies विषयमा अध्ययन पुरा गरेका ७ सय ३२ जना विद्यार्थी दिक्षीत भएका छन् ।

त्यसैगरी सन् २०२१ शैक्षिक सत्रमा स्नातकोत्तर तह अन्तर्गत MSc Information Technology तह पुरा गरेका ४६ जना विद्यार्थी दिक्षान्त समारोहमा सहभागि थिए । कोभिड संक्रमणको कारण विगत दुई वर्ष दिक्षान्त समारोह हुन सकेको थिएन । यो वर्षमा सन् २०२० र २०२१ को दिक्षान्त समारोह एकैसाथ आयोजना गरिएको थियो ।

कोभिड संक्रमणको कारण सन् २०२० र २०२१ मा दिक्षान्त समारोह स्थगित भएको थियो । कलेजले अब सबै कार्यक्रमलाई नियमितता दिने जनाउदछौ
छ । समारोहमा सन् २०२० Business degrees BA (Hons) विषयमा स्नातक तह गर्ने ७४ र सन् २०२१ मा Business Administration and MBA मा तह पुरा गर्ने १ सय १९ विद्यार्थी दिक्षित भएका छन् ।

कलेजले सोमबार र मंगलबार दुई दिनसम्म दिक्षान्त समारोह आयोजना गरेको थियो । समारोहमा विद्यार्थीका अभिभावकहरुको उल्लासमय उपस्थिति रहेको थियो ।

बेलायतको लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सो कलेज आइएनजी ग्रुपद्धारा सञ्चालित छ । दिक्षान्त समारोहमा विश्वविद्यालयका Head of Academic Partnerships, Dr. Wendy Bloisi ले विद्यार्थीलाई दिक्षान्तको प्रमाणपत्र प्रदान गरेका थिए । सो अवसरमा बोल्दै उहाले विश्वभर सम्बन्धन प्राप्त कलेजमध्य इस्लिङटन कलेज उत्कृष्ट भएको बताए ।

दिक्षान्त समारोहमा बोल्दै कलेजका आइएनजी ग्रुपका अध्यक्ष एवं कार्यकारी निर्देशक शुलभ बुढाथोकीले लन्डन विश्वविद्यालयाको हाई र्याङकिङमा परेको यस कलेजमा उतिर्ण विद्यार्थीले नेपाल र विश्वका विभिन्न मुलुकमा उत्कृष्ठ स्थान हासिल गर्न सफल भएको बताउनुभयो ।

उहाँले दिक्षीत विद्यार्थीहरुको उज्वल भविश्यको शुभकामना दिनुभएको थियो । दुई वर्षपछि दिक्षान्त समारोहमा सहभागि हुन पाउन विद्यार्थीहरु खुसी देखिएका थिए ।

लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयले सम्बन्धन दिएका कलेज मध्यले नेपालको पहिलो यस कलेजले बिआइटी, बिबिए, कार्यक्रम अन्तर्गत आइटी कम्प्युटिङ,नेटवर्किङ र आइटी सेक्युरिटी र मल्टीमिडिया टेक्नोलोजी विषयमा अध्यापन गराउदै आएको छ ।

त्यस्तै बिजनेस अन्तर्गत इन्टरनेशल बिजनेश, मार्केटिङ एण्ड फाइनान्स विषय संचालन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर