२०८२ श्रावण १ बिहीबार

काठमाडौँ । कुल आयातमा पेट्रोलियम पदार्थको हिस्सा निरन्तर बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिना (साउनदेखि जेठ मसान्तसम्म)को वित्तीय विवरणअनुसार रकमका आधारमा कुल आयातमा पेट्रोलियम पदार्थको अंश १६. ६ प्रतिशत पुगेको छ । ११ महिनामा कुल १७ खर्ब ६३ अर्ब रुपैयाँ बराबरको वस्तु आयात हुँदा २ खर्ब ९२ अर्बको पेट्रोलियम पदार्थ मात्रै भित्रिएको छ ।

चालु आर्थिक वर्ष पहिलो महिना साउनको कुल आयातमा पेट्रोलियम पदार्थको हिस्सा रकमका आधारमा १०.८ प्रतिशत मात्रै थियो । साउनदेखि असोजसम्म यस्तो हिस्सा ११.३ प्रतिशत पुग्यो भने पुससम्म १३.२, फागुनसम्म १४.१, चैतसम्म १४.९ र वैशाखसम्म १५.८ प्रतिशत पुग्यो ।

कुल आयातमा पेट्रोलियम पदार्थको हिस्सा बढ्दै जानुमा कच्चा तेलको मूल्यवृद्धि पनि प्रमुख कारण हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दै जाँदा त्यसले आयातको परिमाण धेरै देखिने गरेको जानकार बताउँछन् ।

पेट्रोलियम पदार्थको खपत कम गराउन भन्दै सरकारले जेठ महिनाभर शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिए पनि आयातको तथ्यांकमा भने त्यसको प्रभाव देखिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर