
काठमाडौं । नेपाल इको प्यानलको लोगो र झण्डा पनि सर्वाेच्च शिखर सगरमाथामा पुगेको छ । सगरमाथा आरोही आङकाजी शेर्पाले लोगो र झण्डा सर्वाेच्च शिखर सगरमाथामा पुर्याउनुभएको हो ।
नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर कृष्णभक्त दुवालले निर्माण सामग्रीमा हरित क्रान्ति ल्याउने सन्देश दिन शेर्पाले नेपाल इको प्यानलको लोगो र झण्डा सगरमाथामा पुर्याएको बताउनुभयो । संसारभर वातावरणमैत्री निर्माण सामग्री प्रयोगको सन्देश दिन उक्त कार्य गरिएको उहाँको भनाइ छ ।
कम्पनीका अनुसार नेपाल इको प्यानल वातावरणमैत्री निर्माण सामग्री हो । वातावरण विनाश हुन नदिन इको प्यानल उत्पादनका क्रममा कुनै पनि इन्धनको प्रयोग हुँंदैन ।
बाहिरको तातोचिसो भित्र नपठाउने र भित्रको तातोचिसो बाहिर नपठाउने थर्माे इन्स्योलेसनका कारण नेपाल इको प्यानल हिमाल, पहाड, तराई सबैतिर उत्तिकै उपयोगी रहेको छ ।