२०८१ मंसिर २४ सोमबार

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक बर्ष आएको बाढी पहिरोका कारण भएको क्षतिअन्तर्गतको दावीवापत मादीपावर प्रा.लिलाई १२ करोड ३ लाख ९ हजार ३ सय ५२ रुपैयाँ को दावीभूक्तानी गरेको छ ।

उक्त रकम बराबरको चेक मादीपावर प्रा. लिका जनरल म्यानेजर वेल जुनचाओलाई सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्तान्तर गरेका हुन् ।

सगरमाथाइन्स्योरेन्स कम्पनी दावी भूक्तानीमा संमवेदनशिल रही आफ्नो ग्रहाकहरुलाई यथाशक्य चाँडो दावीभूक्तानी गर्न प्रयत्नशिल रहीआएको । सगरमाथा इन्स्योरन्स कम्पनीले यस आर्थिक बर्षमा १ अर्ब ५३ करो८ बराबरको दावी भूक्तानी गरि सकेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय