२०८१ चैत्र १३ बुधबार

काठमाडौं । पर्यटन विभागले बक्यौता नतिर्ने क्यसिनोको नवीकरण नगर्ने चेतावनी दिएको छ । शनिबार १४ क्यासिनोको नाममा सूचना जारी गर्दै लामो समयदेखिको बक्यौता बाँकी रहेको अवस्थामा आगामी आर्थिक वर्षको लागि इजाजपत्र नवीकरणको समेत रकम मागेर सूचना जारी गरेको हो । पर्यटन विभागले समयमै रकम दाखिला नभएको अवस्थामा इजाजत नवीकरण नहुने र इजात नै रद्द गर्ने चेतावनी दिएका छन् ।

चालु आर्थिक वर्षसम्मको नियमित रुपमा रोयल्टी रकम दाखिला नभएको रकम र आगामी आर्थिक वर्षका लागि क्यासिनो सञ्चालन इजाजत पत्र नवीकरणका लागि तिर्नुपर्ने रोयल्टी रकम भुक्तानीका गर्न आग्रह गरिएको छ ।

विभागले क्यासिनो तथा आधुनिक मेसिन वा उपकरणको माध्यमबाट खेलाइने खेल सञ्चालक कम्पनीहरूले रोयल्टी बराबरको बैंक जमानत पत्र वा रोयल्टी रकम दाखिना नगरेको देखिएककोले बैंक जमानत पेश गर्न वा रोयल्टी रकम समयमै दाखिला गर्न सूचना मार्फत आग्रह गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय