२०८२ बैशाख ११ बिहीबार

काठमाडौ । नेपाली युवा उद्यमी मञ्चको १८औं वार्षिक साधारणसभाले नयाँ कार्यसिमत चयन गरेको छ । उक्त सभाको उद्घाटन उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले गरेका हुन । कार्यक्रममा मुख्य अतिथी चन्द्र प्रसाद ढकाल, नेपाल सुन्दरी प्रियन्का रानी जोशी र विभिन्न क्षेत्रका विशिष्ठ व्यक्तिको उपस्थिति रहेको थियो । नर्या कार्यसमितिको अध्यक्षमा रितेश लामिछाने, निर्वतमान अध्यक्षमा उदीप श्रेष्ठ, प्रथम उपाध्यक्षमा सहारा जोशी र द्धितिय उपाध्यक्षमा कुशल सुन्दर श्रेष्ठ चयन भएका छन ।

त्यसैगरी निभिता प्रधान, महिला उपाध्यक्षमा, सुदिप घिमिरे, कार्यकारी सदस्य, ऋचा श्रेष्ठ, कार्यकारी सदस्य, कृष्ण सापकोटा, कार्यकारी सदस्य, पवित्रा गौतम, कार्यकारी सदस्य, आभुषण ज्योति कंसाकार,कार्यकारी सदस्य र पुनित बैद्य कार्यकारी सदस्यको रुपमा चयन भएका छन ।

मञ्चले आफ्नो मुख्य चासोलाई बढावा दिदैं सकारात्मक सोच र सफल देश नेपाललाई निरन्तर अगाडि बढाउने जनाएको छ । मञ्चले निरन्तर रुपमा युवा उद्यमीलाई विभिन्न कार्यक्रम मार्फत सहयोग गरिरहेको छ । जसमा महिला युवा उद्यमी सम्मेलन, इन्टरप्राइज, लिडर प्रोजेक्ट, उद्यमशीलता विश्व कप, विश्वव्यापी विद्यार्थी उद्यमी पुरस्कार र मेड इन नेपाल क्याम्पिग जस्ता कार्यक्रमहरु आयोजना भएको पनि विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर