२०८१ मंसिर २२ शनिबार

ललितपूर । नेपाली ब्रान्ड रिप्पलको आधिकारिक शोरुम पूलचोकमा शूभारम्भ भएको छ । रिप्पलको कम्प्युटर, ल्यापटप एवम् आवश्यक उपकरणको आधिकारिक वितरक कम्पनी एस्ट्रो आइसोलुसनले रिप्पलको कुनै पनि सामान खरिद गर्दा शूभारम्भको अवसरमा विशेष छुटको समेत व्यवस्था रहेको कम्पनीका सञ्चालक दिक्षित भट्टले बताउनुभएको छ ।

उक्त शोरुममा अत्याधुनिक टेक्नोलोजीसहितका कम्प्युटर ल्यापटप लगायत कम्प्यूटरसँग सम्बन्धित आवश्यक सम्पूर्ण सामानहरु उपलब्ध रहने जनाइएको छ । रिप्पलटेक नेपालकै पहिलो ल्यापटप ओइएम ब्रान्ड हुनका साथै स्टार्टअप कम्पनी रहेकाले सुलभ रकममा राम्रो ल्यापटप, कम्प्यूटर लगायत अन्य उपकरणहरु खरिद गर्न सकिने बताइएको छ ।

रिप्पलको पहिलो ल्यापटप रिप्पल आर्टिफ्याक्ट हो । त्यसपछि, कम्पनीले धेरै मोडलका ल्यापटपहरु सार्वजनिक गरिसकेको छ ।

अरु ब्रान्डको तुलनामा रिप्पलमा विशेष के छ भन्ने हाम्रो प्रश्नमा जवाफ दिने क्रममा रिप्पल कम्नीका सिइओ राहुल कायास्थलले नेपालको पहिलो इन्जिनियरिङ म्यानुफ्याक्चर कम्पनी रहेको र यस ब्रान्डका सामानहरु अन्यभन्दा सस्तो मूल्यमा बिक्रिवितरण गरिँदै आएको बताउनु भएको छ ।

रिप्पल कम्पनीको प्यान्डोरा, प्यान्डोरा क्रिएटर इडिसन्, आर्टिफ्याक्ट, आर्टिफ्याक्ट प्रो, रेज, रेज प्रो, जेनोस, जेनोस प्रो, नोभा, नोभा प्रो र नोभा प्रो राइजन मोडलका ल्यापटपहरु बजारमा उपलब्ध छन् । साथै, नेपालमा पहिलो पटक टुवेल्थ जेनरेशनको ल्यापटप भित्राउने कम्पनी पनि रिप्पल रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय