
काठमाडौँ । सिभिल बैंकले पोखराको लेकसाईडमा नयाँ एटियम संचालनमा ल्याएको छ । उक्त एटिएमको उद्घाटन बैंकका अध्यक्ष प्रतापजंग पाण्डेले गरेका हुन् ।
उक्त समारोहमा बैंकका संचालक समितिका सदस्यहरु अम्वीर बोगटी, भिमानन्द ढुंगाना, प्रमुख कार्यकारी अधिकृत सुनील पोखरेल, बैंकका चिफ विजिनेस डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ भोलाबहादूर विष्ट, गण्डकी प्रदेशका प्रमुख समीर केसी लगायतको उपस्थिति रहेको थियो ।
हालसम्म रु. ९२ अर्व भन्दा वढी निक्षेप परिचालन गरी करीव रु. ८८ अर्व कर्जा लगानी गरीसकेकोे सिभिल बैंकको यस एटिएमसहित एटिएम संख्या ९९ पुगेको छ ।