२०८१ मंसिर २३ आईतवार

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले सर्लाही जिल्ला, लालबन्दी नगरपालिका वडा नं.०१ बसोबास गर्ने बीमित स्व.चन लाल मोक्तानको मृत्यु दावी वापतको रकम भुक्तानी गरेको छ ।

कम्पनीका उप–प्रमुख कार्यकारी अधिकृत स्मृति राज कण्डेलले उनको इच्छाइएको व्यक्ति श्रीमती सितामाया मोक्तानलाई १३ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । स्व.चन लाल मोक्तानको क्यान्सर रोगबाट मृत्यु भएको थियो ।

कम्पनीका उप–प्रमुख कार्यकारी अधिकृत स्मृति राज कण्डेलले जीवन बीमा बचत मात्र नभई आर्थिक क्षति विरुद्धको सुरक्षा पनि भएकोले जीवन बीमा सबैका लागि अपरिहार्य रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय