२०८१ माघ २४ बिहीबार

काठमाडौं । फाइनान्स कम्पनीका ऋणीहरुले निषेधाज्ञा अवधीको साँवा र ब्याजमा लाग्ने जरिवाना छुट पाउने भएका छन् । नेपाल वित्तिय संस्था संघले शुक्रबार आफ्ना ऋणीहरुलाई समयमै साँवा तथा ब्याजको किस्ता नतिरे वापत लाग्ने जरिवाना छुट दिने निर्णय गरेको हो । ‘हामी ऋणीहरुले निषेधाज्ञा अवधीको जरिवाना छुट पाउनेछन्, ऋणीहरुको हित संरक्षणका लागि यो निर्णय गरेका हौं’ संघका अध्यक्ष तथा गुडविल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सरोजकाजी तुलाधरले भने । फाइनान्स कम्पनीहरुले निषेधाज्ञा आरम्भ भएदेखि निषेधाज्ञा समाप्त भएको १५ दिनपछि अवधीसम्मको जरिवाना नलिने निर्णय गरेका हुन् । फाइनान्स कम्पनीहरुले किस्ता तिर्न ढिला हुँदा २ प्रतिशत जरिवाना लिने गर्थे । त्यस्तो जरिवानाबाट अब ऋणीहरुले छुटकारा पाएका हुन् । बिहिबार मात्रै माइक्रोफाइनान्स कम्पनीहरुले ब्याज छुट दिने निर्णय गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय