महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले आफ्नो बहुप्रतीक्षित एसयुभी, ‘अल–न्यू स्कर्पियो–एन’ नेपाली बजारमा सार्वजनिक गरेको छ । सोमवार एक कार्यक्रमका बीच महिन्द्राले नयाँ एसयुभी सार्वजनिक गरेको हो ।
कार्यदक्षता, प्रविधि, क्षमता र नवीन आविष्कार (इनोभेसन) को संयोजन रहेको अल–न्यू स्कर्पियो–एनले महिन्द्राको प्रामाणिक एसयूभी डीएनको समृद्ध विरासत जीवित राख्दै एक एकाग्रतायुक्त, अत्याधुनिक ड्राइभिङ अनुभव प्याकेज प्रदान गर्ने कम्पनीको दाबी छ ।
अल–न्यू स्कर्पियो–एनलाई यसको प्रभावशाली उपस्थिति, हेड–टर्निङ डिजाइन, कमाण्डिङ ड्राइभिङ पोजिसन र राम्रोसँग सजावट गरिएको भित्री साजसज्जासहित पुनर्परिभाषित गरि डी–सेगमेन्ट एसयूभी श्रेणीमा डिजाइन गरिएको छ ।
यसबाहेक, आफ्नो प्रामाणिक एसयूभी प्रतिज्ञा पूरा गर्दै, यसले रोमाञ्चक ड्राइभिङ अनुभवको लागि उच्च प्रदर्शन गर्दछ ।
अल–न्यू स्पर्पियो–एनको शुरूआतले महिन्द्राको नयाँ भिजुअल आइडेन्टीको अनावरणलाई संकेत गर्दछ, कम्पनीको एसयुभी पोर्टफोलियोलाई फरक तुल्याउनका नयाँ लोगो राखिएको छ ।
‘ट्विन पिक’ लोगोका खास विशेषता– यसले त्यो साहसिक नयाँ दिशाको प्रतिनिधित्व गर्दछ जसलाई महिन्द्राले नयाँ युगका उत्पादनहरूबाट आरम्भ गरेको छ, जुन नयाँ युगको स्वामित्व अनुभव प्रदान गर्न डिजाइन गरिएको हो,’ महिन्द्राले एक विज्ञप्ति जारी गर्दै भनेको छ ।
इटालीको पिनिनफेरिना र महिन्द्रा इन्डिया डिजाइन स्टुडियो (एमआईडीएस), मुम्बई मा डिजाइन गरिएको र संयुक्त राज्य अमेरिकाको महिन्द्रा नर्थ अमेरिकन टेक्निकल सेन्टर(एमआरभी) र चेन्नईमा विशेषज्ञ टिमहरूद्वारा इन्जिनियरिङ गरिएको एवं पुणेको अत्याधुनिक विश्वस्तरीय सुविधामा अल न्यू स्कपिर्यो एन बनाइएको हो ।