२०८१ मंसिर २२ शनिबार

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्षले मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराई र ज्योति लाइफका अध्यक्ष नन्द किशोर शर्माले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

संझौतापत्रमा हस्ताक्षर लगत्तै दुबै कम्पनीका अध्यक्षले कर्मचारी नहटाउने सहमति भएको जानकारी दिएका छन् । दुबै कम्पनीका अध्यक्षले यो प्रारम्भिक सहमति भएको भन्दै डिडिएपछि मात्रै स्वाप रेसियो तय हुनुका साथै मर्जरका बाँकी काम तय हुने सहमति गरेका छन् ।

मर्जर पछि दुई बीमा कम्पनीको पूँजी कोष ६ अर्ब १३ करोड रुपैयाँ पुग्नेछ । हाल सूर्या लाइफको चुक्ता पूँजी २ अर्ब ५५ करोड रुपैयाँ रहेको छ भने ज्योति लाइफको २ अर्ब ४२ करोड रुपैयाँ रहेको छ ।

यहि बराबरी हैसियतमा मर्जर भयो भने चुक्ता पूँजी ४ अर्ब ९७ करोड रुपैयाँ पुग्नेछ । स्वाप रेसियो कम्पनीको डिडिए पश्चात मात्रै तय हुने कम्पनीले जनाएका छन् । त्यस्तै मर्जर पछि जगेडा कोषमा एक अर्ब १६ करोड नाघ्नेछ । मर्जर पछि कम्पनीले सजिलै पूँजी जुटाउन सक्ने छन् ।

अहिलेको अवस्थामा ज्योति लाइफको प्रतिशेयर नेटवर्थ १२७ रुपैयाँ रहेको छ भने सूर्याको जम्मा १२० रुपैयाँ छ । दुई कम्पनीको मिलन पछि जीवन बीमा कोषमा १९ अर्ब एक करोड रुपैयाँ जम्मा हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय