२०८१ मंसिर २१ शुक्रबार

काठमाडौं । चालु आर्थिक वर्ष सकिन केही दिन मात्रै बाँकी रहँदा सरकारले धमाधम भुक्तानी सुरु गरेको छ । असार महिना सुरु भएसँगै सरकारी भुक्तानी बढ्न थालेको हो । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार असार सुरु भएपछि दैनिक ६ देखि ७ अर्ब भुक्तानी दिइएको छ । असार ७ गते ५ अर्ब भुक्तानी गरेको सरकारले ८ गते ५ अर्ब भुक्तानी गरेको छ भने ९ गते ७ अर्ब भुक्तानी गरेको छ ।

हालसम्म संघीय कोषबाट १० खर्ब ७६ अर्ब भुक्तानी भएको उल्लेख छ । यस्तै कोषमा भने १० खर्ब १७ अर्ब मात्रै जम्मा भएको छ । पहिलेका वर्षहरुमा जस्तै यो पटक पनि राज्यले लिएको आम्दानी र खर्च लक्ष्य भने पुरा हुने छैन ।

यो पटक ११ खर्ब ८० अर्ब राजस्व संकलनको लक्ष्य लिइएकोमा ९ खर्ब ५९ अर्ब मात्रै संकलन भएको छ । यस्तै १६ खर्ब ३२ अर्ब खर्च लक्ष्य लिइएकोमा १० खर्ब ७६ अर्ब मात्रै खर्च भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय